
दमक/किरात पत्रकार संघको आयोजनामा आज झापाको दमकमा वामपन्थी योद्धा सहिद रत्नकुमार वान्तवाको जीवनीमा आधारित ‘बलिदान कहिले मर्दैन’ नामक वृत्तचित्र प्रर्दशन भएको छ ।
पत्रकार जसकुमार राईले निर्माण गरेको उक्त वृत्तचित्र पूर्वाञ्चलका बिभिन्न क्षेत्रमा प्रदर्शन गर्न क्रममा दमकमा प्रदर्शन गरिएको हो । शहिद रत्नकुमारको जन्म स्थान इलामबाट प्रदर्शन शूरु गरिएको बृत्चित्र पूर्वका विराटनगर, धरान, संखुवासभा हुदै काठमाडौँमा लगेर समापन गरिने छ ।
बान्तवाको जन्म स्थलमानै गएर तयार गरिएको बृत्त चित्रमा बान्तवाको स्वभावका बारेमा उनकै इलामको चमैताका स्थानीय संग कुराकानी गरिएको छ । बृत्तचित्रमा तत्कालिन समयमा रत्न मारिएपछि भागेर जोगिएका सुशीला श्रेष्ठ र राममाया राईको भनाइ समेटिएका छन् । यो बृत्तचित्र बनिए पछि वान्तवाको योगदानलाई कदर गर्दै अघिल्लो सरकारले उनलाई सहिद घोषणा गरेको छ । विसं २००८ चैत २७ गते जन्मीएका वान्तवा विसं २०३५ मा सोही महिना र दिनमा २७ वर्षकै उमेरमा पञ्चायति शासकले हत्या गरेका थिए ।