काठमाडौं, माघ १४ –आइतबार बिहान ११ बजे बस्ने भनिएको वाम गठबन्धनको संयुक्त कार्यदलको बैठक दिउँसो ३ बजेलाई सारिएको छ ।

कार्यदलका सदस्य वर्षमान पुन बिहान ११ बजे बेठकमा उपस्थित हुन नसक्ने भएपछि बैठक ३ बजे बस्ने भएको हो । बैठक दिउँसो ३ बजेपछि एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने कार्यदलका संयोजक सुवासचन्द्र नेम्बाङले जानकारी दिनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बैठकमा पार्टी एकता प्रक्रियासँगै प्रदेश सरकार गठनबारे छलफल हुने बताइएको छ । बैठकमा प्रदेश प्रमुख र सभामुख बाँडफाँडबारे पनि छलफल हुनेछ ।

यसअघि राष्ट्रियसभाको सिट संख्या टुंगो लगाएको कार्यदलले प्रदेश सरकारमा कुल सांसद संख्याको १० प्रतिशत मात्र मन्त्री बनाउने सहमति गरेको छ ।

कार्यदलमा एमालेबाट नेता नेम्वाङसहित सुरेन्द्र पाण्डे र शंकर पोखरेल सदस्य हुनुहुन्छ भने माओवादी केन्द्रबाट रामबहादुर थापा, वर्षमान पुन र मात्रिका यादव हुनुहुन्छ ।