काठमाडौं, माघ १४ । सबै प्रदेशमा प्रदेशसभाको पहिलो बैठक बस्ने तयारी भइरहँदा मुख्यमन्त्रीका लागि दाबी गर्नेहरु झन् खुलेर सतहमा आएका छन् । प्रदेश नम्बर चारमा एमालेका दुईजना नेताले मुख्यमन्त्रीका लागि दाबी गरिरहेका छन् । एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङ र सचिव पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्रीका लागि लबिङ गरिरहेका छन् ।
ओली समूहका पृथ्वीसुब्बा गुरुङ र वामदव निकट किरण गुरुङले नतिजा आफ्नो पक्षमा पार्न व्यापक कसरत गरिरहेका छन् । वामदेव समूहबाट एकजना मात्रै मुख्यमन्त्री हुँदा पनि किरण नै हुने बताइएको छ । तर वामदेवको भागमा मुख्यमन्त्री पर्ने सम्भावना कमजोर भएको बताइन्छ । ओली समूहका पृथ्वीसुब्बा स्थायी कमिटी सदस्य समेत भएकाले उनकै सम्भावना बलियो भएको तर्क गर्नेहरु धेरै छन् ।
तर, दुबैनेताहरुले स्थायी कमिटीको निर्णयलाई मान्ने प्रतिक्रिया दिएका छन् । यदी प्रदेशमा संसदीय दलको नेता चुन्न चुनाव हुने खण्डमा पृथ्वीसुब्बाकै सम्भाबना बलियो हुने देखिन्छ । नेपालीपत्र बाट साभार










