काठमाडौं– वाम गठबन्धनको कार्यदल बैठकले प्रादेशिक सरकारको विषयमा सहमति गरेको छ।

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बसेको कार्यदल बैठकको सहमति अनुसार प्रदेश नम्बर १, ३, ४ र ५ को मुख्यमन्त्री एमालेका तर्फबाट हुनेछन्। माओवादीले भने प्रदेश ६ र ७ को मुख्यमन्त्री सम्हाल्नेछ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्तै, प्रदेश १, ३, ६ र ७ को सभामुख एमालेले पाउनेछ भने माओवादीले प्रदेश ४ र ५ को सभामुख पाउने सहमति भएको एमालेबाट कार्यदल सदस्य सुवास नेम्वाङले जानकारी दिए।

उपसभामुख भने एमालेले ४ र ५ गरी दुई प्रदेशमा मात्र पाउने भएको छ। माओवादीले भने चार वटा प्रदेश १, ३, ६ र ७ मा उपसभामुख पाउनेछ।

प्रदेश सरकारमा मन्त्रीहरुको भागबन्डा एमाले र माओवादीले क्रमश: ७० र ३० प्रतिशत बाँड्ने सहमति पनि बैठकमा भएको छ।

यस्तै, बैठकमा मन्त्रिपरिषद्काे संख्या ७ देखि ११ सदस्यीय बनाउने सहमति भएको छ।