काठमाडौं । एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच गोप्य भेटवार्ता भएको छ ।

दुई अध्यक्षबीच पार्टी एकता प्रक्रियामा मोटामोटी सहमति भएको र वाँकी विषयमा छलफल चलाउँदै एकतालाई निष्कर्षमा पुर्याउन पथ गृहकार्य गरेर अन्तिम निर्णयमा पुग्ने समहति भएको माओवादी केन्द्रकाले बताए।ओली र प्रचण्डबीच प्रदेश सभामुख र अन्य महत्वपूृर्ण पदहरुमा पनि दुई नेताहरुबीच समझदारी भइसकेको स्रोत बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ओली र प्रचण्डबीच भएको गोप्य छलफलले प्रदेशको मुख्यमन्त्रीको पनि टुंगो लगाएको छ ।

प्रदेश नम्बर ३ मा एमालेकी अष्टलक्ष्मी शाक्य

प्रदेश नम्बर ४ मा पृथ्वीसुब्बा गुरुङ

प्रदेश नम्बर ५ मा शंकर पोखरेल

प्रदेश नम्बर ६ मा माओवादीका महेन्द्रबहादुर शाही

प्रदेश नम्बर ७ मा पनि माओवादकीकै वीरमान चौधरी

प्रदेश नम्बर १ मा भने एमालेका भीम आचार्य र शेरधन राईबीच विवाद भएको कारण टुंगो लाग्न नसकेको बताइएका छन् ।