दमक/झापाको दमक ७ की अस्वभाविक टाउको बढे पनि आर्थिक अभावले उपचार नपाएकी बालिकाको उपचारमा सबैको चासो जान थालेको छ । यसमा सहयोग गर्न लायन्स क्लव अफ माउण्ट एभरेष्टले समेत चासो दिएको छ ।

क्लवका अध्यक्ष रुद्र गौतमका अनुसार ५१ हजार रुपिया बालिकाको उपचार सहयोग गरिने तयारी भएको छ । तृतिय उपाध्यक्ष मनोज अग्रवाल, लायन्सकर्मी बुद्धिशेखर भट्टराइ सहित अन्य लायन्सकर्मीहरुले यो रकम उठाइएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गोकुल श्रेष्ठ, बिमल खतिवडा, कृष्णभक्त सुबेदी, अशोक चौधरी, राम थपलिया, तीर्थनारायण श्रेष्ठ, केन्द्र प्रशाइ लगायतले ब्याक्तिगत रुपमा सहयोग उपलब्ध गराएको र क्लवले एकीकृत गरेर ५१ हजार रुपिया बैक खातामा हालिदिने उपाध्यक्ष मनोज अग्रवालले बताए ।

सहयोगदाता कल्पना सुबेदी

आफूहरुले उपचारमा सहयोग जुटाउन शुरु गरेको थाहा पाउना साथ दमक १ निवासी कल्पना सुबेदीले तत्काल ५ हजार १ सय रुपिया प्रदान गरेको गौतमले जनाए । आफै बोलाएर सहयोग दिएको भन्दै यस प्रकारको सहयोग सबैको भए बालिकाको उपचार सहज हुने उनले बताए ।

आइतवार नै दमक नगरपालिकाका प्रशासकिय अधिकृत युवराज दाहाल, क्लवका अध्यक्ष गौतम, अग्रवाल र भट्टराइले बिराटनगरको नोवेल अस्पताल पुगेर बालिकाको उपचारको बिषयमा जानकारी लिएको छ ।

नगरपालिकाले तत्काल उद्धार गरेर नोवेल अस्पताल पुर्याउने ब्यवस्था मिलाउदै १० हजार रुपिया समेत उपचार खर्च उपलब्ध गराएको थियो । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली र उपप्रमुख गिता अधिकारीले समेत उपचारमा चासो राखेर यो भएको थियो ।

लायन्स क्लव माउण्ट एभेरेष्टका पदाधिकारी