अमेरिकाको एक कलेजमा गरिएको अध्ययन रिपोर्टमा महिलाहरुका बारेमा केहि आश्चर्यजनक तथ्यहरु सार्वजनिक गरिएको छ ।

जानौँ तथ्यको बारेमा...

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यो रिसर्च अमेरिकाको एक कलेजमा अध्ययनरत २८३ जना छात्राहरुमाथि गरिएको थियो । उनीहरुको उमेर १८ देखि २५ को बीचमा थियो ।

उनीहरुसँग सुत्ने, खाने–पिउने र सेक्सको बारेमा अध्ययनका लागि सोधिएको थियो । यदि तपाईलाई लाग्छ कि पुरुषहरु मात्र सेक्सको बारेमा सोच्छन् भने तपाई महिलाहरुलाई त्यस विषयमा कम मूल्याकंन गर्दै हुनुहुन्छ ।

अध्ययनका अनुसार महिलाहरु सेक्सको बारेमा धेरै सोच्छन् । अध्ययनका लागि छात्राहरुलाई निर्देशन दिइएको थियो, जब तपाईँलाई सेक्स सँग सम्बन्धित कुनै पनि कुरा मनमा आउँछ भने त्यसलाई नोटको रुपमा टिपोट गरेर राख्नुहोला । रिसर्च रिपोर्टका अनुसार महिलाहरु दिन भरमा कम से कम २८ पटक सेक्सको बारेमा सोच्ने गर्छिन् ।

यो अध्ययनबाट, निष्कर्ष निकालियो पुरुष एक दिनमा लगभग ३४ पटक सेक्सको बारेमा सोच्छन् । सेक्समाथि गरिएको एक अर्को अध्ययनका अनुुसार महिलाहरु सेक्सको बेला आफ्नो पूर्व प्रेमी वा निलो चलचित्रको बारेमा पनि सोच्ने गर्छिन् । (एजेन्सीको सहयोगमा)