काठमाडौँ नेकपा एमाले अध्यक्ष केपी अाेली र माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचकाे छलफल सकियाे छ । अाइतबार बिहान १०.०० बजेदेखि ललितपुरकाे मानभवनमा बसेको थियो ।
अाज बिहान ११ बजे बस्ने भनिएको एकता कार्यदलको बैठक दिउँसो सारेर गोप्य बैठक बसेका थिए ।
भेटमा राष्ट्रिय सभामा बामपन्थीका उम्मेद्वारलाई जिताउने र नयाँ सरकार गठन र पार्टी एकताबारे छलफल भएको बताइएको छ । सबै विषयमा छलफल चलाउँदै एकतालाई निष्कर्षमा पुग्न थप गृहकार्य गरिने बताइएको छ। छलफल सकारात्मक भएको बताइएको छ ।
अोली र प्रचण्डको बैठकले मुख्यमन्त्री र सभामुखको भागबन्डासमेत टुंग्याएको स्रोतले खबरडबलीलार्इ जानकारी दिए । शनिबार साँझको बैठकमा मुख्यमन्त्री मोटामोटी टुङ्गयाएपनि सभामुखमा कुरा मिलेको थिएन् ।
अाजको गोप्य छलफलबाट प्रचण्ड र अोलीको गोप्य छलफलले प्रदेश नम्बर ३ मा एमालेकी अष्टलक्ष्मी शाक्य, प्रदेश नम्बर ४ मा पृथ्वीसुब्बा गुरुङ, प्रदेश नम्बर ५ मा शंकर पोखरेल, प्रदेश नम्बर ६ मा माओवादीका महेन्द्रबहादुर शाही र प्रदेश नम्बर ७ मा पनि माओवादकीकै वीरमान चौधरी मुख्यमन्त्री बनाउने सहमति गरेको स्रोतले खबरडबलीलार्इ जानकारी दियो ।
अध्यक्ष र प्रधानमन्त्री को बन्ने भन्ने बिषयमा अाजको बैठकमा पनि सहमति जुटेको छैन् । अाजको बैठकमा अोलीले अध्यक्ष पनि अाफै पाउनुपर्ने प्रस्ताव राखेका छन् । तर उक्त प्रस्ताव प्रचण्डले मानेनन् । स्रोतले खबरडबलीलार्इ दिएको जानकारीअनुसार प्रधानमन्त्री अाधा अाधा कार्यकाल चलाउने र अोली एकतापछि पनि पार्टीको अध्यक्ष बन्ने प्रचण्ड सहअध्यक्ष बन्ने प्रस्ताव प्रचण्डले मानेनन् ।
मिडिया डबली डबली नेटवर्क्स प्रालि द्वारा संचालित तपाई हामि सबैको सुचना आदान प्रदान गर्ने साझा डबली हो। हामि मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामि समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ। तपाई पाठकहरुले दिएको सुझावनै हाम्रो प्रेरणाको स्रोत हो। तपाईलाई हाम्रो समाचार मन परेमा पढेर शेयर पनि गरिदिनु हुन आग्रह गर्दछौ। तर, समाचारको कपि गरेर अन्य साइटमा नराख्नुहोला र यदि यस्तो गरेको पाईयमा साइबर अपराध ऐन २०५९ बमोजिम तपाई कारवाहीको भागिदार बन्नुपर्ने हुन्छ। खबर डबली बाट










