रौतहट, १५ माघ– रौतहटको राजपुर नगरपालिका– १ मा सोमबार बिहान गोली लागेर एक जना घाइते भएका छन् । घाइते हुनेमा बैरिया–९ का ३५ वर्षीय शेष सैफुल्लाह छन् ।
घाइतेको पिठ्युमा गोली लागेको छ । गाईभैंसी व्यापारी रहेका सैफुल्लाहलाई उनकै साथी मगनी भन्ने अब्दुल खालिदले बिहान भगवानपुर घाटतिर घुम्न जाउ भनेर बोलाएको र सो स्थानमा पुग्दा गोली हानेर भागेको उनले बताएका छन् ।
जिल्ला अस्पताल गौरमा गोली निकाल्न सम्भव नभएपछि उनलाई थप उपचारका लागि वीरगञ्ज पठाइएको छ । घटना बिहान करिब १०ः३० बजे भएको हो । घटनाका बारेमा अनुसन्धान भइरहेको रौतहटका डिएसपी रामकुमार डागीले बताए ।










