दमक/दमक नगरपालिका भित्र रहेका सार्वजनिक जग्गा तथा नगरपालिकाको नाममा रहेका जग्गा जजिम संरक्षण सहित ठाँउ अनुसार उपयुक्त संरचना निर्माणका लागि नगरपालिकाले चासो प्रदान गरेको छ ।
यसैक्रममा दमक नगरपालिका वडा नंं ७ मा रहेको मुख्य बजार पूर्व हाटखोलामा बनाइएका टहराहरु हटाउन लागेको जनाईएको छ । सोमबार यसको प्रयास भएपनि प्राविधिक कारणले नगरपालिकाले टहरा हटाउने काम केहिदिनका लागि रोकेको बताईएको छ ।
ब्यवसायीक भवन बनाउने र यस वडाको बिकासको लागि एउटा उदाहरणिय ब्यापरीक भवन बनाउने योजनाहरु टहराहरु हटाउन लागिएको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले बताए । यसमा सबैको साथ र सहयोग पाउनेमा आशाबादी रहेको उनको भनाइ छ ।
वडाध्यक्ष भीम पौड्यालले स्थानीयहरुलाइ नै फाइदा पुग्ने र वडाको बिकास हुने योजनाका साथ पुराना टहराहरु भत्काउन लागिएको जनाए । यहाँ ब्यापारीक भवन बन्दा यहिका ब्यापारी तथा स्थानीयलाइ फाइदा पुग्ने उनको भनाइ छ ।
https://www.youtube.com/watch?v=EVVMQTdVJlc&t=27s









