सल्यान । ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतिको ज्यान गएको छ । कपुरकोटमा रा १ ख ९३९ नम्बरको मिनि ट्रकले रा ३ प ८५९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार ३२ वर्षीय दिलिप बुढा र ३० वर्षीया सम्झना बुढाको मृत्यु भएको हो ।

ठक्करबाट घाइते उनीहरुको अञ्चल अस्पताल तुलसीपुरमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको हो। पूर्वी रुकुमको मोरावाङ निवासी उनीहरु मुसिकोट नगरपालिका १ मा होटल सञ्चालन गरेर बस्दै आएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कपुरकोट तल्लो बजारस्थित उकालो सडक छेउँमा रोकिएको ट्रक स्टार्ट नभएपछि चालकले व्याकमा स्टार्ट गर्न खोजेका थिए । तर व्याकमा पनि स्टार्ट नभएको र ब्रेक पनि नलाग्दा पछाडिबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ट्रक चालक तुल्सीराम घर्तीलाई प्रहरीले पक्राउ गरेको छ ।