एजेन्सी– साउथ इन्डियन फिल्मकी चर्चित अभिनेत्री तमन्ना भाटियामाथि जुत्ता प्रहार भएको छ।

भारतको हैदराबादमा एक अपरिचित व्यक्तिले उनीमाथि जुत्ता प्रहार गरेको भारतीय सञ्चारमाध्यमहरुले लेखेका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अभिनेत्री तमन्ना हैदराबादमा रहेको एक ज्वेलरीको उद्घाटन कार्यक्रममा अतिथिको रुपमा गएकी थिइन्। सोही क्रममा ३१ वर्षीय व्यक्तिले उनलाई अचानक जुत्ता प्रहार गरेका थिए। तर तमन्नालाई जुत्ताले भने लाग्न नपाएको स्थानीय प्रहरीले जनाएको छ।

जुत्ता प्रहार गर्ने ती व्यक्तिलाई प्रहरीले पक्राउ गरी सोधपुछका लागि हिरासतमा लिएको छ।

तमन्नाले लगातार नराम्रो अभिनय गरेको र उनका पछिल्ला फिल्मबाट आफू निराश हुनुपेरकाले जुत्ता प्रहार गरेको ती व्यक्तिले बताएका छन्। तमन्ना चर्चित फिल्म बाहुबलीकी नायिका हुन्।