दमक/एकिकृत अखिल नेपाल शिक्षक संगठनको भोलीदेखि दमकमा हुने प्रदेश नं. १ को प्रथम अधिवेसनको सम्पूर्ण तयारी पुरा भएको बताइएको छ । आज सँझ पत्रकार सम्मेलन गरेर यो जानकारी गराइएको हो ।

दमक ८ बालुवाटार स्थित माओबादी केन्द्रको पार्टी कार्यालयमा हुने अधिवेसन उदेघाटनका लागि पूर्व मन्त्री एवं माओबादी नेता सुरेन्द्र कार्की आउने बताईएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय उप–महासचिव सिताराम अधिकारीका अनुसार सो सम्मेलनमा २ सय ५० जना प्रतिनिधि तथा ५० जना पर्यवेक्षकगरी तीनसय जनाको सहभागिता हुनेछ ।

प्रदेश नं १ का इन्चार्ज समेत रहेका अधिकारीका अनुसार सम्मेलनको प्रमुख बक्ताको रुपमा नेकपा माओवादी केन्द्रका स्थाई समिति सदस्य, पूर्व सूचना तथा संचार मन्त्री एवम् प्रतिनिधि सभा सदस्य सुरेन्द्रकुमार कार्की रहने छन् । सम्मेलन उद्घाटन शत्र र बन्द शत्र गरेर दुई दिन सम्म चल्ने छ ।

उनले सम्मेलनमा नेपालको शिक्षा क्षेत्रलाई गुणात्मक र उदहारणीय बनाउदै शिक्षकका हक अधिकारलाई पेशागत रुपमा थप मजबुद बनाउने तथा समाजवाद उन्मुख शिक्षाको नीति कार्यक्रमको सम्बन्धमा अन्तरक्रिया समेतहुने तयारी रहेको जनाए ।