१५, काठमाडाैँ । बीबीसी मिडिया याक्सनकाे साप्ताहिक बहस कार्यक्रम ‘साझा सवाल’ बन्द भएकाे छ । दश वर्षसम्म चलकाे उक्त बहस टेलिभिजन कार्यक्रम हिजाे अार्इतबार अन्तिम पटक प्रसारण भएकाे थियाे ।

साेमबार उक्त कार्यक्रमकाे अाधिकारीक ट्वीटर पेजमा अागामी हप्ताबाट ‘साझा सवाल’ प्रशारण नहुने जनाइएकाे छ । कार्यक्रमकाे प्रशारण राेकिनुकाे कारण  र पुनः प्रसारण हुने वा नहुने भन्ने केही नखुलाइएकाे एक पेज लामाे विज्ञप्तिमा दर्शक स्राेतालार्इ धन्यवाद भनिएकाे छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कार्यक्रमकाे शुरूवाती चरण नारायण श्रेष्ठले सञ्चालन गरेका थिए भने पछि विद्या चापागार्इले साझा सवाललार्इ सञ्चालन गरेकी थिइन । साझा सवाल नेपालका थाेरै चर्चित मध्येकाे एक टेलिभिजन बहश कार्यक्रम थियाे ।