तपाईंले बुझाएको फोटोकपीमै किर्ते भएको विधिविज्ञान प्रयोगशालाको परीक्षणबाटै पुष्टि भएको छ नि ?

८ चैतमा सर्वोच्च अदालतको पूर्ण इजलासको परमादेशमा ‘चार वर्षको कार्य सम्पादन मूल्यांकन कुल औसत अंक सबैभन्दा बढी नवराज सिलवालले, दोस्रोमा प्रकाश अर्यालले, तेस्रोमा बमबहादुर भण्डारीले र चौथोमा जयबहादुर चन्दले प्राप्त गरेको तथ्य सरकारको सम्बद्ध निकायबाट विवादको सुनुवाइका क्रममा उपलब्ध गराइएको कार्य सम्पादन मूल्यांकन फारामको सक्कल प्रतिहरूबाट देखिन आयो’ भनिएको छ । तर, पछि सरकारले अर्कैलाई एक नम्बर भनेर आईजीपी बनायो । सर्वोच्चले एक नम्बर भनेर किटान गर्दागर्दै सरकारले मलाई महानिरीक्षक नबनाएपछि न्यायालयको आदेश कार्यान्वयन गरी पाउँm भनेर फेरि अदालत गएको हुँ । यसबाट दुई खालको कार्य सम्पादन मूल्यांकन सरकारले नै बनाएको देखिएन र रु संसारमा कहीँ पनि कार्य सम्पादन मूल्यांकन सार्वजनिक हुँदैन । यसको गोप्यता र सुरक्षाको काम जसको हो, उसैले यसको जिम्मेवारी लिनुपर्छ । छानबिनको विषय नै यही हो । तर, यसमा संलग्नहरूलाई बचाउने र मलाई जसरी पनि अपराधी करार गर्ने दुर्नियत सरकारको छ । प्रहरी शक्तिको चरम दुरुपयोग हो, यो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तपाईंलाई फेला पारेर प्रहरीले बयान लिन नसक्नुले प्रहरीको अनुसन्धान पद्धति त साह्रै फितलो रहेछ भनेर बुझ्दा हुन्छ ?

यो प्रकरणमा ९९ प्रतिशत प्रहरी मेरो पक्षमा छन् । उनीहरू ‘प्रहरी नेतृत्वले सरलाई अन्याय–अत्याचार गरेको छ, तपार्इंलाई हामी सुरक्षा दिन्छौँ’ भन्छन् । म प्रहरीसँगै छु । प्रहरीले नै मलाई संगठनभित्र भएका मेरा विरुद्धका षड्यन्त्रकारी सूचना दिइरहेका छन् ।

प्रहरीभित्रैबाट सूचना चुहिएर तपाईं फेला नपरेको अवस्था पो रहेछ उसो भए ?

प्रहरीका बहुसंख्यकको म 10प्रति भरोसा छ ।

नेपाल साप्ताहिकमा छापिएको अन्तरवार्ताको केहि अंश