सहबान अन्सारी ( नवलपरासी ) नवलपरासीको बर्दघाट नगरपालिका वडा नं.१४ स्थित गंगा मा.बि गंगाबस्तिमा भुकम्प सम्बन्धि बक्तृत्वकला प्रतियाेगिता सम्पन्न भएको छ।
बिकल्प नवलपरासीकाे अायाेजना र युनाइटेड मिसन टु नेपालकाे सहयाेगमा "भुकम्पबाट सुरक्षित हुनका लागि हाम्रो भुमिका" बिषयमा बालबालिकाहरुलाई भुकम्पबाट सचेत गराउनकाे लागि बक्तृत्वकला प्रतियाेगिता गरिएको हाे। गंगा ग्रिन बाल क्लबकि अध्यक्ष सुनिता सुबेदीकाे अध्यक्षतामा तथा गंगा मा.बि गंगाबस्तीकाे प्र.अ रामबेलाश पाैडेलकाे प्रमुख अातिथ्यतामा प्रतियाेगिता अाज सम्पन्न भएकाे हाे । कार्यक्रममा बाेल्दै प्र.अ पाैडेलले भुइचालो अाफैमा प्रकाेप हाेइन । यसले अाफै मानिसलाई मार्दैन । याे बाढी पहिराे जस्तो बारम्बार पनि अाउदैन तर यसले पृथ्वीमा अचानक तहल्का मच्चाएर जान्छ ।यसबाट धेरै धनजनको क्षति भई प्रकाेपकाे अवस्था सृजना गर्दछ।
भुकम्प अाउदा अाफु र अाफ्नाे परिवारका लागि सुरक्षित ठाउँ पता लगाउनुपर्छ । टेबुल र अन्य कुनै कस्तु मुनि बस्नु उपयुक्त हुन्छ । सुरक्षितसाथ खुल्ला स्थानमा जानुपर्छ। भुकम्प बारे परिवारमा जानकारी गराउने भन्ने कुरामा जाेड दिनु भएको थियोे । प्रतियाेगितामा कक्षा ६ देखि कक्षा ९ सम्मको करिब ९ जना बिद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा कक्षा ८ का सन्देश अाचार्य प्रथम कक्षा ८ कि खुश्बु खत्री दितृिय र कक्षा ९ कि सुनिता सुवेदी तिृतिय स्थान हासिल गरेका थिए ।
बिजेता हुनेलाई डायरी र डटपेन पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा शिक्षक भागिरथी सुवेदी,केशवराज शर्मा ,पुष्पा शर्मा ,इन्द्र प्रसाद घिमिरे ,श्रीकान्त गाैड, बिकल्पका स्वास्थ्य परिचालिका कमला फुल्देल ,उमेश बि.क,बिष्णु अधिकारी लगाएतले बाेल्नुभएकाे थियो ।










