नेपाली काँग्रेसका नेता गंगा संग्रौलाको घरमा दिउँसै चोरी भएको छ । संग्रौलाको मेचीनगर वडा नं. ७ जोरसिमल स्थीत घरमा दिउँसो ढोका फोडेर सुनका गहना र नगद पैसा गरेर १० लाख बढीको चोरी भएको छ । दिउँसो घरमा कोही नभएको मौका पारेर घरको पछाडीको भागबाट छतमा चडेर पछाडीको ढोका फोरेर कोठा भित्र प्रवेश गरी दराज तोडफोड गरी २० तोला भन्दाबढी सुनका गहना र नगद बीस हजार चोरी भएको गंगा संग्रौलाले बताउनु भयो ।

घर कै सिंढी मुनी राखेको फलामे डण्डी र खुर्पाको सहयोगमा आफ्नै बेडरुममा भएको स्टील दराजलाई फोडेर दराजको भित्री भागमा भएको ६ जोडी कानमा लगाउने, ७ वटा औठी, मंगलसुत्र, नौ गेढी, तीललहरी लगायतका गरगहना राखेको एउटै बट्टा चोरी गर्नेले निकालेर लगेको र दराजमा नै रहेको नगद बीस हजार हराएको गंगाकी श्रीमती मनमाया संग्रौलाले बताउनु भयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेपाली काँग्रेस झापाका पुर्व जिल्ला सदस्य तथा काँग्रेस सम्बद्ध अपाङ्ग संघ झापाका अध्यक्ष समेत रहनु भएका गंगा संग्रौला सामाजिक कामका शिलशिलामा र श्रीमती मनमाया संग्रौला धुलाबारी माध्यमिक बिद्यालयमा शिक्षण गराउनु हुने हुँदा दिउँसोको समयमा घरमा कोही मानिस नहुने कुरा थाहा पाएकैबाट यो चोरी भएको संग्रौलाको दाबी छ ।

बिहान १० बजे दुवै जना खाना खाएर घरबाट निस्कीएको र पर्स छुटेको हुनाले आफु फेरी ११ बजे तिर पर्स लिन घर आउँदा सामान्य अवस्था नै रहेको गंगाले बताउनु भयो । तर करीब ४ बजे तिर बिद्यालय बिदा भएर घर आउँदा पछाडीको ढोका फोडेको, दराज भत्कीएको अवस्था देखे पछि हतार हतार गहना राखेको ठाउँमा हेर्दा गहना हराएको मनमायाले बताउनु भयो ।

घट्ना थाहा पाए लगत्तै प्रहरीलाई खबर गरेर चोरी गर्नेको खोजी गर्न लगाईको थियो । घट्ना बिवरण लिए लगत्तै चोरी गर्नेको खोजीमा प्रहरीले काम शुरु गरेको ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक टंकप्रसाद भट्टराईले बताउनु भयो ।झापाटाइम्सबाट