दमक/झापा दमक ७ मा नगरपालिकाले घर टहरा भत्काउन थालेपछि कतिपय स्थानीयहरुले आफ्नो रोजिरोटी नै नहुने भन्दै उचित ब्यवस्थापन गर्न माग गरेकाछन् । जबरजस्ति नगर्न र आफूहरुको मर्म बुझ्ना आग्रह गरेकाहुन् ।

स्थानीय युवा शंकर रोकाले बल प्रयोग गरेर समस्या सामधान नहुने भन्दै स्थानीयसंग परामर्श गरेर अघि बढ्नु पर्ने बताए । वाइसिएल नेता समेत रहेका उनले सकुम्बासीहरुलाइ त्यसै बिस्थापित गराउनु नुहने जनाए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

माओबादी केन्द्र दमकले समेत प्रेस बक्तब्य जारी गरेर संवाद र बिकल्प दिएर मात्र घर टहरा भत्काउनु पर्ने माग गरेको छ । बेदु गौतमले जारी गरेको बिज्ञप्तिमा उल्लेख रहेको छ ।