माघ १६, २०७४ काठमाडौं : आज शहीद दिवस, प्रजातन्त्र स्थापना एवं पुनःस्थापना र विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी मनाइँदैछ। रत्नपार्क शान्तिवाटिकादेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी गरी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरिने सहीद सप्ताह मुल समारोह समितीले जनाएको छ। दिवसको अवसरमो बिहान काठमाडौमा प्रभातफेरी,  दिउँसो ‘प्रथम शहीद’ लखन थापादेखि पछिल्ला लोकतान्त्रिक आन्दोलनमा शहादत प्राप्त गर्ने ज्ञातअज्ञात शहीदका सम्झनामा काठमाडौँ उपत्यकाको उत्तरपूर्वी भेग गोकर्णेश्वरमा निर्माणाधीन राष्ट्रिय शहीद स्मारकमा कार्यक्रम गरिनेछ।

हरेक वर्ष माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताहको रुपमा मनाउने गरिन्छ।  नागरिक स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचली, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा तथा गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणाशासकले मृत्युदण्ड दिएको थियो। सहिद दिवसको अवसरमा सन्देश जारी गर्दै राष्ट्रपति विद्यादेवि भण्डारीले न्याय र समानतामा आधारित आर्थिक समृद्ध, समतामूलक समाज निर्माण गर्न अग्रसर हुनुपर्नेमा जोड दिनुभएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

राष्ट्रपति भण्डारीले इतिहासका विभिन्न कालखण्डमा भएका आन्दोलनमा होमिएर राष्ट्रका लागि वीरगति प्राप्त गरेका शहीदको योगदानको प्रतिफलस्वरुप नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुन सफल भएको बताउनु भयो ।  शहीदको बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत र सुदृढ गर्दै समुन्नत राष्ट्र निर्माण गर्न सकेमा मात्र शहीदप्रतिको सच्चा सम्मान र श्रद्धाञ्जलि हुने राष्ट्रपतिले सन्देशमा उल्लेख गर्नुभएको छ।