काठमाडौं–सोमबार राती ८ बजे गोकर्णमा भएको दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको छ। काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ मिराटोलमा  ट्रकको ठक्करबाट पैदलयात्री स्थानिय ४५ बर्षीय नर सिंह नगरकोटीको मृत्यु भएको हो।

ट्रकको ठक्करबाट गम्भिर घाइते भएका नगरकोटीको नेपाल मेडिकल कलेज अत्तरखेलबाट  लगिएको थियो,  त्यहाँबाट ओम अस्पताल रिफर गरिएको थियो। ओममा  ा राती साढे ९ बजे उनको मृत्यु भएको प्रहरी प्रभाग गोकर्णले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नगरकोटीलाई ठक्कर दिने बा३ख ५८२१ नम्बरका ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।