काठमाडौं– राजनीति शुद्धीकरण अभियानका लागि भन्दै कांग्रेस नेता-कार्यकर्ताहरुले आज सडकमै जुत्ता पालिस गरेका छन्।

कृष्णप्रसाद भट्टराई प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा कांग्रेस नेता-कार्यकर्ताहरुले बानेश्वरको सडकमा बसेर बुट पालिस गरेका हुन्। उनीहरुले सडकमा हिँडिरहेका पैदलयात्रीको जुत्ता सफा पारेका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

फोहोर जुत्ता पालिस गरेर सफा गरेझैं पार्टीहरुले पनि आफूलाई शुद्धीकरण गर्नुपर्छ भनेर प्रतीकात्मक रुपमा बुट पालिस गरिएको कांग्रेस नेता चन्द्र भण्डारीले बताए। भण्डारीसँगै कांग्रेस नेता धनराज गुरुङ लगायतका नेताहरु जुत्ता पालिस गर्नमा व्यस्त थिए।

 

नेपाललाइभ बाट