काठमाडौं– नेकपा(एमाले)ले शेरबहादुर देउवा नेतृत्वको सरकारले संविधान, कानुन र लोकतान्त्रिक मूल्य मान्यता र नैतिकता विपरीतका निर्णयहरु गरेको भन्दै फेरि विरोध जनाएको छ। मंगलबार बसेको स्थायी समितिको बैठकले कामचलाउ सरकारले जभाभावी निर्णय गरेको भन्दै त्यसको निन्दा गरेको हो।

बैठकपछि  जारी बिज्ञप्तीमा भनिएको छ,‘नेकपा ं(एमाले) लगायत जनादेश प्राप्त राजनीतिक दलहरु, सञ्चार जगत र आम नागरिकको आलोचना र विरोधलाई बेवास्ता गर्दै काम चलाउ देउवा सरकारले गरेका राष्ट्रिय ढुकुटीको नाङगो दुरुपयोग, मनपरी ढंगले गरिएको नियुक्ति, सरुवा तथा बढुवा जस्ता स्वेच्छाचारी, अराजकतापूर्ण, जनहीत एवं राष्ट्रहीत विपरीतका निर्णयहरुको बैठकले घोर निन्दा एवं भत्र्सना गरेको छ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसअघि पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गरेर कामचलाउ सरकारले दुरगामी निर्णयहरु गरेको भन्दै आलोचना  गरेका थिए। त्यस्ता निर्णयहरु पछि खारेज हुने चेतावनी एमालेले दिदै आएको छ।