दमक,१६ माघ / शहिद दिवसको अवसर पारेर मंगलवार दमकमा खुला रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । मेची मदिरा व्यवसायी संघ माइपश्चिम झापाले दमकको मुख्य चौकमा आयोजना गरेको खुला रक्तदान कार्यक्रममा ७ महिलासहित ८७ जनाले रक्तदान गरेका थिए ।

कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल, संघका द्धितीय उपाध्यक्ष युवराज घिमीरे, दमक जेसीजका महासचिव गोपाल गुरागाई, दमक रन समूहका अध्यक्ष दिवस राई, जिवन चक्र समाजका अध्यक्ष गणेशप्रसाद गौतमले रक्तदान गरेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्तै दमक उद्योग वाणिज्य संघका सदस्य राजु खड्का, दमक–लखनपुर भेट्रान क्लवका अध्यक्ष भोजकुमार राई,पत्रकारहरु विष्णु पौडेल,नगेन्द्रमणी न्यौपाने,भूमिराज पराजुली, बेणु चुडाललगायतले रक्तदान गरेका थिए ।

रक्तदानमा मदिरा व्यवसायी,होटल व्यवसायी, विभिन्न संघसंस्था, क्लवलगायतका संघसंस्थाका प्रतिनिधि ,सर्वसाधारणहरुले रगतदान गरेका थिए ।

रक्तदान सम्बन्धी सर्वसाधारणमा सचेतना दिने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको कार्यक्रम संयोजक विष्णु सुब्बाले बताए । संघका माईपश्चिम समितिका अध्यक्ष प्रेम पाण्डेको अध्यक्षतामा तथा मदिरा व्यवसायी महासंघका केन्द्रीय सदस्य भरत चम्लागाईको प्रमुख आतिथ्यतामा रक्तदान सम्पन्न भएको हो । रक्तदान कार्यक्रमको उद्घाटनमा वक्ताहरुले रक्तदानको महत्वका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि चम्लागाई, दमक उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष युवराज घिमीरे, जीवन चक्र समाजका अध्यक्ष गणेशप्रसाद गौतम, दमक पव्लिक लाईव्रेरीका अध्यक्ष भेषराज न्यौपाने,रक्तसञ्चार सेवा केन्द्रका इन्चार्ज सिदार्थ दाहाललगायतले बोलेका थिए । शहिद दिवसमा मदिरा व्यवसायीहरुले आज देशैभरि रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

महासंघको अभियानलाई सार्थक बनाउन खुला रक्तदान कार्यक्रमको आयोजना गरिएको महासचिव मुकुन्द आचार्यले बताए । रक्तदाताहरुलाई प्रशंसा पत्र,मायाको चिनो समेत वितरण गरिएको थियो । रक्तदान स्थानीय रेडक्रस उपशाखाको रक्त सञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको थियो ।