सहबान अन्सारी नवलपरासीको सुस्ता गाऊपालिका वडा नं.२ मा २० औं साबिक बेलाटारी स्रोत केन्द्र स्तरिय आधारभुत तह खेल कुद प्रतियोगीता शुरु भएको छ।
स्वास्थ्यको लागी खेल राष्ट्रको लागी खेल जस्तो नारा सहित श्री महेन्द्र माध्यमिक विध्यालय कुडियाको आयोजनामा स्रोत केन्द्र स्तरिय आधारभुत तह खेलकुद प्रतियोगीताको उदघाटन नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)निर्वाचन क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य तथा पुर्व मन्त्रि हृदयेश त्रिपाठीले गर्नु भएको थियो।
कार्यक्रमम् बोल्दै नेता त्रिपाठीले निर्वाचन क्षेत्र भित्र स्रोत केन्द्र स्तरिय खेलकूद आयोजना गर्ने विद्यालयलाई संसदीय विकाश कोष बाट पाँच लाखको सहयोग दिने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो।
उहाँले देउवा सरकार द्वारा गैर कानुनी रुपले अरबौ रुपयाको आर्थिक निकासा गरेको हुदाँ पनि उखुको मुल्य निर्धारण गर्नका लागी कुनै पहल नभएको बताउनु भयो । कार्यक्रममा विध्यालय ब्यवस्थापन समितिका अध्यक्ष रियाज अन्सारी अध्यक्षता तथा पुर्व मन्त्रि हृदयेश त्रिपाठीको प्रमुख अथित्यता रहेको थियो।
कार्यक्रममा क्षेत्र नं.१ (ख)का प्रदेश सभा सदस्य अजय बहादुर शाही, सुस्ता गाऊपालिका प्रमुख राम प्रसाद पाण्डे, नेपाल पत्रकार महा संघका केन्द्रिय सदस्य पुरषोत्तम सुबेदी, सहायक जिल्ला शिक्षा अधिकारी तारा राम लम्साल, पुर्व क्याम्पस प्रमुख सत्यदेव पाण्डे,करम हुसैन अन्सारी, खडक बहादुर कमाल बेलाटारी स्रोत केन्द्रका स्रोत ब्यक्ति दधिराम शर्मा, लगायतहरुले बोल्नु भएको थियो।
प्रतियोगीतामा स्रोत केन्द्रका करिब ६७ विधयालयहरुको सहभागिता रहको छ ।










