भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फागुन अन्तिम साता नेपाल आउने भएका छन् ।

नेपालसँगको सम्बन्ध नयाँ ढंगले अघि बढाउने उदेश्यका साथ उनी नेपाल आउने तयारीमा जुटेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मोदी भ्रमणको गृहकार्यका सिलसिलामा भारतीय विदेश मन्त्री सुष्मा स्वराज बिहीबार (माघ १८ गते) काठमाडौं आउँदै छिन् ।

काठमाडौंस्थित भारतीय दूतावासका एक अधिकारीका अनुसार भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको तयारीका लागि नै स्वराज नेपाल आउन लागेकी हुन् ।

मार्चको दोस्रो साताभित्र प्रधानमन्त्रीले नेपाल भ्रमण गर्ने तयारी भइरहेको छ । (नेपाल समाचार पत्र दैनिक)