बिर्तामोड : झापाको हल्दीबारी गाउँपालिकामा ट्याक्टरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। बुधबार हल्दीबारी गाउँपालिका ३ देउनिया पुलनजिकै मे १ त ६१७४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा हल्दीबारी गाउँपालिका- ३ जलथल बस्ने ४७ वर्षीय भिमबहादुर गिरीको मृत्यु भएको हो।
ठक्करबाट उनको घटनास्थलमानै मृत्यु भएको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ। ट्याक्टरका चालक फरार रहेकाले खोजीकार्य जारी रहेको प्रहरीले बताएको छ।










