काठमाडौं– घुससहित पक्राउ परेका इन्जियिर संगीता श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।
दाङको लमही नगरपालिकाको भवन नियमन शाखामा कार्यरत असिष्टेन्ट सव–इन्जिनियर संगीता श्रेष्ठविरुद्व आयोगले बुधबार बिशेष अदालतमा मुद्दा दायर गरेको हो। नक्सा पासका लागि उनले ५० हजार घुस लिएकी थिइन्। घुस लिएलगत्तै आयोगको टोलीले उनलाई पक्राउ गरेको थियो।
अनुसन्धान पुरा गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम जरिवाना र कैद सजायँ हुन मागदावी लिइ आज विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको अख्तियारका प्रवक्ता पदमप्रसाद पाण्डेयले बताए।नेपाल लाइभ










