काठमाडौं- दुईदिने भ्रमणका लागि भारतीय विदेशमन्त्री सुष्मा स्वराज आज अपराह्न साढे ३ बजे काठमाडौं उत्रँदैछिन्।

उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा लगायत विभिन्न पार्टीका शीर्ष नेतलाई भेट्ने कार्यक्रम छ। दलका नेताहरुलाई छुट्टाछुट्टै भेट्ने कार्यक्रम रहेको नेपालको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आज साँझ स्वराज र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता हुनेछ। उनीहरुले रात्रिभोज पनि सँगै गर्नेछन्।

प्रधानमन्त्री देउवासँग भने शुक्रबार भेटघाटको समयतालिका मिलाइएको छ। प्रधानमन्त्रीसँगको भेटपछि स्वराज सिधै महाराजगन्जस्थित शीतल निवास पुगेर राष्ट्रपति भण्डारीलाई भेट्नेछिन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रुपमा स्वराज नेपाल आउन लागेकी हुन्। यसअघि मोदीले माघ ७ गते केपी ओलीलाई टेलिफोन गरी भावी प्रधानमन्त्रीको रुपमा शुभकामना दिएका दिएका थिए।

स्वराजसँगै विदेशसचिव विजय केशव गोखले र सहसचिव सुधाकर दलेला र रविसकुमार लगायतको  टोली नेपाल आउन लागेको हो।

वाम सरकार बनाउने तयारी भइरहेको बेला हुन लागेको उनको भ्रमणलाई  चासोका साथ हेरिएको छ। नेपाललाइभ बाट