दमक–२ का सुरेन्द्र विष्ट (फणिन्द्र) को वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा मृत्यु भएको छ।

त्यहाँस्थित एयरपोर्टमा कार्यरत ३२ वर्षीय विष्टको गत माघ १३ गते सुतेको अवस्थामा मृत्यु भएको हो। सुतेको अवस्थामा मुखबाट फिँज निकालिरहेको अवस्थामा फेला परेपछि उपचारका लागि अस्पताल लगिएको थियो। अस्पतालमा उपचारका क्रममा विष्टको मृत्यु भएको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तीन वर्षअघि रोजगारीका क्रममा मलेसिया पुगेका विष्टको आज शव ल्याउने तयारी भएको मृतकका पिता हरिभक्तले बताए।