रौतहटमा प्रहरी र स्थानीयबीच भिडन्त भएको छ ।  जिल्लाको बंकुलबजारको नजिक भारतबाट अवैध रुपमा ल्याइरहेको सिमेन्ट प्रहरी चौकी, बंकुलले जफत गर्दा बुधबार स्थानीयवासी र प्रहरीबीच तनाव सिर्जना भएकाे हाे ।

प्रहरी  सिमेन्ट गरेपछि स्थानीयहरु आक्रोशित बनेका थिए । उनीहरुले प्रहरीमाथि ढुंगामुढा बर्साउन थालेपछि प्रहरीले गोली चलाएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तनाव बढेपछि जिल्ला प्रहरी कार्यालय, रौतहटबाट थप टोली आएपछि स्थानीयवासी केहि पछि हटेपनि प्रहरीमाथि ढुंगामुढा भने बर्साईरहे । उता प्रहरीले लाठी चार्ज मात्र गरेन तीन राउण्ड हवाई फायर पनि गरेपछि स्थानीयहरु तितर बितर भएका थिए ।

जफत गरिएको ४० बोरा सिमेन्ट आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालय पठाइएको इलाका प्रहरी कार्यालय, कोपवा, पिपरियाका प्रहरी नायब निरीक्षक अरुण सिंहले जानकारी दिएका छन् ।

प्रहरीको लाठी चार्जबाट बौधिमाई नगरपालिका–७ का वडाध्यक्ष विजय कुसवाह गम्भीर घाइते भएका छन् । उनकाे नजिकै स्वास्थ्य चाैकीमा उपचार भइरहेको स्थनीयवासी प्रदीप यादवले जानकारी दिएका छन् । फाइल फोटो/ रातो पाटि बाट