१८ माघ, विरगञ्ज । अखिल (क्रान्तिकारी)का उपाध्यक्ष सुरेन्द्र बस्नेतले विरगञ्जको छपकैया लगायतका ७१ ठाउँमा भारतले सिमा मिचेको दावी गरेका छन्। बस्नेतले कालापानी र सुस्ता वाहेक सवैतिर सिमा विवाद मिलेको भन्ने सरकारी दावी कुनै हालतमा मान्न नसकिने जिकिर गरे।नापी विभागले कालापानी र सुस्ता वाहेक अन्यत्रको सवै विवाद अन्त्य भएको दावी गर्दै आएको छ।

अखिल(क्रान्तिकारी) पर्सा जिल्ला समितिद्वारा विरगञ्जमा आयोजित कार्यक्रममा वोल्दै उपाध्यक्ष बस्नेतले भने -' भारतले अझैपनि ७१ ठाउँमा सिमा मिचेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भारतले मिचेको कुरालाई लुरुलुरु सदर गरेर सिमा विवाद मिल्यो भन्नू सरासर राष्ट्रघात हो।' कार्यक्रममा क्रान्तिकारीका केन्द्रीय सचिव डिवि साउद र सचिव एवं २ नं.प्रदेशका संयोजक सुर्यनारायण शाहले राष्ट्रियताको आन्दोलनमा युवा विद्यार्थी सदैव अग्रभागमा रहने वताए।

अखिल(क्रान्तिकारी) र अनेरास्ववियु केही दिन अघि विरगञ्जको छपकैया पुगेर स्थलगत प्रतिवेदन तयार गरि प्रधानमन्त्री शेरवहादुर देउवालाई वुझाएका थिए।