नेपाली कांग्रेस क्षेत्र नम्बर ५ साविक झापा– ७ ले आफ्नो कार्य समितिलाइ पूर्णता दिएको छ । नेपाली काँग्रेस क्षेत्रिय सभापति ढुण्डिराज भण्डारीको अध्यक्षमा बसेको बैठकले उपसभापति सहित सचिब लगायतका पदहरुलाइ पूर्णता दिएको हो । संगठनलाइ चलयामान बनाउनका लागि बिभिन्न बिभागहरु समेत बनाएको क्षेत्रिय प्रचार बिभाग प्रमुख गिरीराज भट्टराइले बताए ।

उपसभापतिमा पदम सुब्बा, सचिवमा धर्मानन्द भट्टराई,सहसचिवमा डिल्ली चापागाई र सदसयहरुमा क्रमशः रणबहादुर बराईली,वर्तमान धिमाल,लता चापागाई र विरेन्द्र पोख्रेललाई मनोनयन गरिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीको अध्यक्षतामा बसेको बैठकले पदाधिकारी र सदस्य मनोनयन गर्नुका साथै विभिन्न पाँच वटा विभागीय उपसमितिहरु समेत गठन गरेको पार्टीद्धारा जारी विज्ञप्तिमा जनाईएको छ ।

बैठकले शिक्षा विभागको संयोजकमा कृष्ण धिमाल, प्रचार विभागमा गिरिराज भट्टराई,सहकारी तथा वित्तिय विभागमा चन्द्रा खड्का भट्टराई,सहकारी तथा वित्तिय विभागमा चन्द्रा खड्का भट्टराई , युवा तथा खेलकुद विभागको संयोजकमा गजेन्द्र देवान र महिला विभागमा दिपा गौतम भण्डारीलाई संयोजक तोकिएको  छ।