दमक/दमक लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टले आज दमक क्षेत्रका ६ दर्जनभन्दा बढि जेष्ठ नागरिकहरुलाइ सम्मान सहित ऐच्छिक भोजन गराएको छ । दमक ८ मा जेष्ठ चौतारीमा भेला हुने गरेका दमकका जेष्ठ नाागरिकहरु इच्छा अनुसारको भोजन गराएको क्लवका अध्यक्ष रुद्र गौतमले बताएकाछन् ।

अध्यक्ष गौतम, तृतिय उपाध्यक्ष मनोज अग्रवाल, लायन्सकर्मी राम थपलिया र अशोक चौधारीले ब्याक्तिगत रुपमा मिलेर क्लवको तर्फबाट जेष्ठ नागरिकलाइ भोजन गराएको लायन्सकर्मी बुद्धिशेखर भट्टराइले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

क्लवले जेष्ठ नागरिकहरुको समस्याहरुको बिषयमा जानकारी लिने र आगामि दिन आवश्यक सहयोग गर्ने समेत अध्यक्ष गौतमले बताए । कार्यक्रमको सञ्चालन तृतिय उपाध्यक्ष मनोज अग्रवालले गरेका थिए ।