दरबारमार्गको ल्याण्डमार्क होटलमा भएको भनिएको बलत्कार काण्डमा युवतीकै भूमिका शंकास्पद देखिएको छ । शुरुमा बलत्कार भनि मौखिक बयान र उजुरी दिएकी युवतीले अहिले आफ्नो बयान फेरेकी छन् । दुई दिन गायब भएपछि बुधबार साझ प्रहरी सम्पर्कमा आएकी युवतिले अहिले भने आफुमाथि बलात्कार नभएको बयान दिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
सोमबार साझबाट बेपत्ता भएकी भनिएकी दाङ घर भएकी उक्त युवति बुधबार साँझ भने महानगरीय प्रहरी परिसरका एसपी रामदत्त जोशी नेतृत्वको छानविन समितिको सम्पर्कमा आएकी हुन् । उनले आफूमाथि बलात्कार नभएको प्रारम्भिक बयान दिएकी छन् । महानरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत एक प्रहरी अधिकृतका अनुसार बुधवार साँझ टेकुमा पुगेकी युवतीलाई छानविन समितिका एक सदस्यले बयान लिँदा ‘रामेछापका शैलेश कार्की आफ्नो केटासाथी भएको र सहमतिमै त्यो साँझ एकपटक शारीरिक सम्पर्क भएको बताएकी हुन् ।
यद्यपी प्रहरीले उनको स्वास्थ्य परिक्षणको रिपोर्ट आउन बाँकी रहेको र पहिलेका गतिविधी र अहिलेका गतिविधीमाथि अनुसन्धान भईरहेकाले तत्काल केही भन्न नसकिने अवस्थामा रहेको बताएको छ । छानविन समितीका संयोजक एसपी जोशीले पनि युवती प्रहरीको सम्पर्कमा आएको जानकारी दिँदै सोधपुछ भईरहेको र उनि अहिले प्रहरीकै संरक्षण रहेको जानकारी दिनुभयो । सामूहिक बलात्कारको मौखिक उजुरी आएपछि प्रहरी कार्यालय बाहिर गुपचुप मिलापत्रको कागज गराउने महानगरीय प्रहरी वृत दरबारमार्गका ईन्सपेक्टर लक्ष्मण सिंह ठकुरी र वृत ईन्चार्ज डिएसपी तिलक भारतीलाई त्यहाँबाट सरुवा गरेर अनुसन्धान शुरु गरिएको छ ।जनताटाइम्सबाट










