काठमाडौं– नेपालको दुईदिने भ्रमणका आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आफू कुनै एजेन्डा बोकेर नेपाल नआएको बताएकी छिन्।

भारतीय वायुसेनाको विशेष विमानबाट अपराह्न साढे ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी उनले पत्रकारलाई छोटो प्रतिक्रिया दिँदै आफू दुई देशबीच भ्रातृत्व विकासको लागि आएको बताइन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
https://youtu.be/miQt3xABNRk

पहिलो दिन आज उनले दुई महत्वपूर्ण राजनीतिक भेटघाट गर्ने भएकी छिन्। साँझ ६ बजे एमाले अध्यक्ष केपी ओली सहितका पार्टी पदाधिकारी र साँझ ८ बजे राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेतासँग भेटवार्ता गर्ने कार्यक्रम छ।

यस्तै, विदेशमन्त्री स्वराजले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' शुक्रबार बिहान ९.३० बजे हाेटल साेल्टीमा गर्ने कार्यक्रम छ।

नयाँ सरकार गठनअगाडि भारतीय पक्षबाट भएको उच्चस्तरको भ्रमणलाई महत्वका साथ हेरिएको छ।