नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराज र एमाले अध्यक्षबीच भेटवार्ता भएको छ । होटल सोल्टी क्राउन प्लाजामा जारी वान टु वान भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रम सरकार गठनकाबारे भारतीय चासो रहेको बुझिएको छ ।

संविधानका अन्तरवस्तुमाथि असन्तुष्टि जनाउँदै नाकाबन्दी समेत गरेको भारतले त्यसयता दुई देशबीच उत्पन्न कटुता चिर्ने प्रयासका रूपमा पनि यो भ्रमणलाई लिइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘वेटिङ प्राइमिनिस्टर’का रूपमा रहेका अध्यक्ष ओलीसँग यो भेटमार्फत भारतीय संस्थापन पक्षले नेपालसँगको सम्बन्ध सुधारको प्रयास गरेको देखिन्छ ।

दुई दिने भ्रमणका लागि नेपाली आएकी स्वराजको स्वागतमा एमाले रात्रिभोजसमेतको आयोजना गरेको छ । अोलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार दुइ नेताबीच वान टु वान भेटवार्ता भएको छ ।