नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमा एमाले र माओवादीबीच पार्टी एकता हुने बताएका छन् । बिहीबार काभ्रेको महाभारत गाउँपालिका पुगेका प्रचण्डले प्रतिक्रियावादीहरु सल्बलाएकोले जनतालाई नयाँ सन्देश दिदै केही दिनमै पार्टी एकता गर्ने बताएका हुन् ।
गाउँपालिकाले जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभा सांसदहरुलाई सम्मान गर्न आयोजित गरेको कार्यक्रमलाई सम्बाधन गर्दै प्रचण्डले भने पार्टी एकता छिट्टै हुने भएकाले सबैलाइ कान तताएर बस्न अाग्रह गरेका छन् ।
‘वाम एकता रोक्न प्रतिक्रियावादीहरु सल्बलाएका छन्, हामी केही दिनमै पार्टी एकता गरेर नयाँ सन्देश दिन्छौं ’, उनले भने । अध्यक्ष प्रचण्डले ७० वर्षदेखि अहिलेसम्म यस्तै प्रतिक्रियावादीहरुले देशलाई अगािड बढ्न नदिएको भन्दै अब उनीहरुको योजना सफल हुन नसक्ने दावी गरे ।










