काभ्रेपलाञ्चोक, पनौती नगरपालिका–७स्थित एक घरमा तास खेलिरहेका सात जुवाडेलाई रु ६८ हजार ३४० सहित आज प्रहरीले पक्राउ गरेको छ ।

दुर्गा तामाङका घरमा जुवा तथा तास खेल्ने तथा खेलाउने गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पक्राउ पर्नेमा पनौती–१ का छिरिङ तामाङ र रमेश तामाङ, पनौती–४ का शेरमान तामाङ, बुद्ध लामा र श्याम तामाङ तथा पनौती–७ बस्ने राज केसी र घरधनी दुर्गा रहेको इप्रका बनेपाका प्रहरी निरीक्षक सुनिलजङ्ग शाहले जानकारी दिनुभयो । उनीहरुलाई जुवा ऐनअन्तर्गत मुद्दा चलाइने बताइएको छ । पुर्बेली न्यूज बाट