नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भारतीय विदेश मन्त्री सुष्मा स्वराजबीच भेटवार्ता सम्पन्न भएको छ ।

दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आएकी स्वराजसंग अध्यक्ष प्रचण्डले होटल सोल्टीमा गरेको भेटमा संविधान कार्यान्वयन र दुई देशबीचको आपसी हित र चासोका बिषयमा छलफल भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भेटमा भारतीय विदेश मन्त्री स्वराजले नेपालमा संविधान कार्यान्वयन सफलतापुर्वक अगाडी बढिरहेको भन्दै खुसी व्यक्त गरिन ।

उनले नयाँ जनमतप्रति भारत सकारात्मक रहेको र जनादेश अनुसार बन्ने नयाँ सरकारले आर्थिक विकास र समृद्धिमा आफ्नो पुर्व घोषित प्रतिवद्धता पुरा गर्ने विश्वास भारत रहेको बताईन । त्यसका लागि सबैखाले सहयोग गर्न भारत तयार रहेको बताइन ।

भेटमा अध्यक्ष दाहालले नेपालको विकासमा भारतले विगतमा पनि सहयोग गर्दै आएको स्मरण गरे । आगामी दिनमा पनित्यसले निरन्तरता पाउनेमा आफु आशावादी रहेको बताए ।

स्वराजले आजै राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्ने तय भएको छ । त्यसअघि स्वराजले प्रचण्डस‌ंग भेटेकि हुन् ।

https://www.youtube.com/watch?v=Zq5TbdZakGk&feature=youtu.be

यसअघि, हिजो बिहीबार विदेशमन्त्री स्वराजले नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग होटल सोल्टीमा करीब पौने घन्टा भेटवार्ता गरेकि थिइन ।

एक्ला एक्लै वार्तापछि दुई पक्षबीच सामूहिक वार्ता पनि भएको थियो ।

भेटमा एमालेकातर्फबाट एमाले महासचिव इश्वर पोखरेल, नेताहरु सुवास नेम्बाङ, विष्णु पौडेल, प्रदिप ज्ञवाली लगायतका नेता सहभागि थिए ।

नेकपा एमालेले स्वराजको सम्मानमा होटल सोल्टीमा रात्रीभोज नै आयोजना गरेको हो । भारतीय विदेशमन्त्री स्वराजले होटल सोल्टीमै संघीय समाजवादी फोरम र राजपाका नेताहरुलई पनि भेटिन् ।

स्वराजले आफु सद्भावना भ्रमणमा आएको र कुनै विशेष एजेण्डा नरहेको बताएकी छिन् ।

नेपालमा निर्वाचनपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने बेलामा भएको यो भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

स्वराजको भ्रमणलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी फागुनमा हुनसक्ने संभावित नेपाल भ्रमणको तयारीको रुपमा समेत हेरिएको चर्चा छ ।

https://www.youtube.com/watch?v=Zq5TbdZakGk&feature=youtu.be