विनु तिम्सिना

विराटनगर । ३२ इन्च उचाइ भएकी सुन्दर हरैँचाकी मालती ऋषिदेवको समाचारले चर्चा पाइरहँदा उनी भन्दा पनि कम उचाइ भएका अर्का युवा भेटिएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विराटनगर–१९ बैजनपुरस्थित नहर टोलमा ३१ इञ्च उचाइ भएका प्रकाश सरदार भेटिएका हुन् । प्रकाश नेपालकै सबैभन्दा होचो व्यक्ति भएको दाबी गरिएको छ । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले कमजोर आर्थिक अवस्थाका सरदारलाई महानगरपालिकाका तर्फबाट मासिक ३ हजार रुपैयाँ भत्ता दिइने बताए ।

नख्खु सरदार र सीतादेवीका माइला छोरा प्रकाश शारीरिक अवस्थाका कारण विद्यालय जान वञ्चित छन् । क्यान्सर रोगका कारण पिता नख्खुको १० वर्ष अघि नै मृत्यु भइसकेको छ । आमा सीतादेवीले ज्याला मजदुरी गरेर प्रकाशसहित तीन सन्तान लालनपालन गरिरहेकी छिन् ।जनतासमचार