दमक

झापाको दमकमा केहिबेर अघि बस दूर्घटना भएको छ । दूर्घटनामा परेर एकजना यात्रु गम्भिर घाइते भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

चालकको नियण्त्रण बाहिर बस जाँदा सडकको छेउमा रहेको ढुंगाको ग्याबिनमा बस अड्किएको बताईएको छ । प्रहरीका अनुसार  स्टेरियङ फेल भएका कारण दूर्घटना भएको हो ।

केहि समय एकतर्फीमात्र सवारी साधन चल्दा सडक अस्तब्यस्त बनेको थियो । केहिवेरमा सडकको अवरोध हट्नको साथै सामान्य अजस्था भएको छ । दमकबाट गौरादह जाँदै गरेको मे १ ख २५२२ नम्बरको महाकाली डिलक्सको बसको  स्टेरियङ फेल भएको हो ।