दमक/झापा दमकका एमाले नेता देबेन्द्र दाहालले शुक्रबारबाट पार्टीको नयाँ जिम्मेवारी समालेकाछन् । आज एक कार्यक्रमबीच नेकपा एमालेको केन्द्रिय लेखा आयोगको सपथ लिदै नयाँ जिम्मेवारी लिएकाहुन् ।

पुराना एमाले नेता दाहाललाइ केहि दिन अघि पार्टीले केन्द्रिय जिम्मेवारीमा मनोनयन गरेको थियो । दाहालले लामो समय एमाले झापाले हाँकेका थिए भने पार्टी अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा सल्लाहकार समेत भएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

केहि दिन अघि नै अन्यले सपथ खाएर जिम्मेवारी लिएपनि दाहालको उडान ढिला भएका कारण शपथ भएको थिएन । आयोगका अध्यक्ष पुष्प कडेलले दाहाललाइ सपथ गराएका थिए ।