उर्लाबारी १९ माघ / मोरङको टाडीमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । उर्लावारीबाट टाँडी तर्फ जाँदै गरेको मे १ ख १४ १९ नम्बरको बस शुत्रबार दिउँसो दुर्घटनामा परेर गाडीधनीको मृत्यु भएको हो ।
यसरी ज्यान जानेमा गाडीधनी मिक्लाजुङ ३ धोवेनीका ४० बर्षीय राजकुमार विक रहेका छन् ।
बस माने नजिक जंगलमा अनियन्त्रीत भएर भित्तामा ठोक्कीएको थियो । गम्भिर घाइते विकको अरनिको अस्पताल उर्लाबारीमा उपचारका क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ . बसमा सवार अन्य ३५ जना सकुसल रहेको बताइएको छ । प्रदेश आवज बाट










