काठमाडौं, १९ माघ । दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा बलात्कारको सिकार भएको भनिएकी युवतीको मेडिकल रिपोर्टले प्रहरीको छानबिन समिति झनै झनै अप्ठेरोमा परेको छ ।

अघिल्लो साताको बिहीबार ल्याण्डमार्क होटलमा चार जनाले सामूहिक बलात्कार गरेको भनी प्रहरीमा पुगेकी युवतीको शुक्रबार मेडिकल रिपोर्ट आएको हो । प्रशुति गृहले गरेको स्वास्थ्य परिक्षणमा पीडित भनिएको युवतीको योनाङ्ग पहिल्यैदेखि ‘सेक्सुअल्ली एक्टिभ’ देखिएको छ । पहिलेदेखि नै यौनाङ्ग सक्रिय हुने गरेकाले पनि बलात्कारको प्रमाण फेला नपरेको अनुमान गरिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘रिपोर्टले उनी पहिलेदेखि नै यौन कार्यमा संलग्न रहेको देखायो । त्यसैले पनि उनीमाथि बलात्कार भएको भन्न अप्ठेरो छ ।’, अनुसन्धानमा खटिएका काठमाडौं प्रहरी परिसरका एक अधिकारीले दैनिक नेपालसँग भने-‘स्वास्थ्य रिपोर्ट हेर्दा सामूहिक बलात्कार भएको संकेत भेटिएको छैन् ।’

सामूहिक बलात्कार भएको भन्दै दरबारमार्ग प्रहरीमा मौखिक उजुरी दिएकी युवती घटना सार्वजनिक हुनासाथ एकाएक गायब भएकी थिइन् । बुधबार उनी प्रहरीको सम्पर्कमा त आइन् । तर बयान फेरिन् । उनले बोली फेर्दै आफूले राजीखुसीमै एक युवकसँग यौन सम्बन्ध राखेको बयान दिएकी थिइन् ।

मेडिकल रिपोर्टको आधारमा मात्र बलात्कार भए नभएको भन्न नसकिने काठमाडौं प्रहरी परिसरले जनाएको छ । युवतीको बयान फेरेपछि अप्ठेरोमा परेको छानबिन समितिलाई यो रिपोर्टले अप्ठेरो पारे पनि अनुसन्धान भने जारी राखेको प्रहरीले जनाएको छ । दैनिक नेपाल बाट साभार