दमक/अंग प्रदर्शन सहित स्टेजमा धुम मच्चाउने गरेकी चर्चित गायिका ज्योती मगरको बिषयमा आलोचना हुने गरेको छ । उनले गीत प्रयोग गरेका शब्द देखि लिएर आउभाउ सम्मको चर्चा हुने गरेको छ ।

स्टेज कार्यक्रममा निक्कै नै कामुक रुपमा प्रस्तुत हुने गरेकी मगर केहि समय अघि दमकमा भएको दमक महोत्सवमा समेत आएकी थिइन् । उनले यहाँ पनि उत्तेजक रुपमा गीत प्रस्तुत गरिन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
https://www.youtube.com/watch?v=GY1WQ5UX0Cw&feature=youtu.be

प्रारम्भमा डान्सरको रूपमा करियरको सुरुवात गरेकी ज्योतीले काठमाडौं आएपछि केही वर्ष रंगमञ्च तथा रेडियो नाटकहरूमा अभिनय गरिन् । विसं २०६३ मा उनले पहिलो गिती एल्बम रेकर्ड गरिन तर उक्त एल्बम मञ्चन नै भएन । उनको दोस्रो र तेस्रो गिती एल्बम माया सँग र उही मुलाको सिन्की उही मुलाको चाना बजारमा आए पछि उनी चर्चामा आइन् । उनी अझैं चर्चामा आउनुको कारण उनको 'ढाडे बिबिरालो'नामक गीत रहेको छ जसमा उनले एकदमै अश्लिलता झल्किने खालको अभिनय गरेकी छिन् ।त्यस यता पनि उनका थुप्रै अश्लिलताले भरिपूर्ण म्यूजिक भिडियोहरू बजारमा आईरहेका छन् र खुबै चर्चा पनि पाईरहेका छन् तर सकारात्मक चर्चाभने कमान सकेका छैनन् तर पनि उनले त्यसलाई नै सफलता ठान्दै अघि बढीरहेको पाईन्छ ।

https://www.youtube.com/watch?v=GY1WQ5UX0Cw&feature=youtu.be