काठमाडौँ । श्रीपेच...। यस्को प्रयोग कहिले देखि सुरु भयो भन्नेबारे अहिलेसम्म नेपाली इतिहासमा किटानी सहित कसैले भन्न सकेका छैनन् । तर यस्को अन्तिम प्रयोग भने राजा ज्ञानेन्द्र शाहले गद्धी आरोहणका समयमा गरे । गण्तन्त्र घोषणा पश्चात २०६४ जेष्ठ २९ गते राजा ज्ञानेन्द्रले नारायणहिटी राजदरबार छाडे । २०६५ असार १ गते नारायणहिटि राजदरवार नारायणहिटि दरवार संग्राहलयमा परिणत भयो ।
फागुन १६ गतेबाट सर्वसाधरणका लागि खुल्ला गरिएको यो दरवारमा अवलोकनका लागि अहिलेसम्म २६ लाख १७ हजार ९ सय जना पुगिसकेका छन् । उनीहरुले राजाले प्रयोग गरेको आलिसान महलको कोठा÷कोठा अवलोकन गरे । तर राजतन्त्रको मुल पहिचान श्रीपेच देख्न नपाइएको उनीहरु सवैको गुनासो रहेको छ । दरबारमा रहेको २० वटा सदनहरु खुल्ला गरिएको छ । तर श्रीपेच राखीएको कोठा सहित त्यसको सुरक्षार्थ प्रयोग गरिएको अरु ७ कोठा अझै बन्द छ ।
राज परिवारले प्रयोग गर्ने अधिकांश कक्षहरु अवलोकनका लागि खुल्ला गरिएपनि श्रीपेच राखीएको ती कोठाहरु कुन हुन्, सर्वसाधरणले अझै पत्तो पाएका छैनन् । नारायणहिटी दरबार संग्राहलयका अनुसार आर्थिक बर्ष २०६८÷६९ को निति तथा कार्यक्रममा श्रीपेच अवलोकनका लागि खुल्ला गर्ने योजना थियो ।
हिरा, मोती, पन्ना, चाँदी र सुन जस्ता बहुमुल्य धातु जडित श्रीपेच राख्ने कक्षका लागि सरकारले एक करोड १६ लाख रुपैयाँ खर्च गरेर बुलेटप्रुफ स्वकेस, सिसिटिभि, स्वचालित गेट सहितको उच्च प्रविधिको सेट नै खरिद गरिएको थियो । तर श्रीपेच खुल्ला गर्न सवै पक्ष तयार नहुँदा अहिले पनि नेपाली सेनाको प्रत्यक्ष निगरानीमा बन्द कोठाभित्र शिल गरिएको नारायणहिटि दरबार संग्राहलयका प्रमुख रोहितकुमार ढुंगानाले जानकारी दिनुभयो ।
२ हजार डिग्री सेल्सीयसमा पनि नविग्रने फायरप्रुफ बाकस भित्र श्रीपेचलाई राखीएको ढुंगानाको भनाइ छ । प्रत्येक बर्षमा श्रीपेचको सफाइ र आवश्यक वस्तु फेर्ने गरिएको थियो । तर संस्कृती तथा पर्यटन मन्त्रालय, दरवार संग्राहलय र नेपाली सेनाको संयुक्त शिलवन्दी रहेको उक्त बन्द कोठा २०७१ साल चैत्र २० गते यता एक पटक पनि खोलीएको छैन । नियमित निरिक्षण र सफाइ नगरिँदा श्रीपेचमा असर देखिन सक्छ । २०७२ सालको महाभुकम्पमा परि दरवारको केही संरचना भत्कीएका छन् । तर बन्द कोठा भित्र रहेको श्रीपेचको अवस्थाका बारेमा एक पटक पनि नहेरिएको संग्राहलयका प्रमुख ढुंगानाले जानकारी दिनुभयो ।
श्रीपेच अवलोकनका लागि खुल्ला नगरिनुमा श्रीपेच विमाको विवादले पनि अन्योल्ता श्रृजना गरेको देखिन्छ । तीन वर्षअघि दरबार संग्रहालयका तत्कालिन पूर्व प्रमुख लेखबहादुर कार्कीले बिमाको प्रक्रिया सुरू गरेका थिए ।
राष्ट्रिय बिमा कम्पनी लिमिटेड कुनै पनि वस्तुको मूल्य तय नभई त्यसको बिमा गर्न नसकिने बताएपछि श्रीपेचको मुख्य तोक्नेबारे बहस भएको थियो । तर सरकारले मुलुकमा एउटा मात्रै वस्तु बहुमुल्य रहेको भन्दै श्रीपेचको मुल्य नतोकेपछि यस्लाइ अवलोकनमा खुल्ला गर्न नसकेको हो ।छलफल बाट साभार










