नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली भारत बिरोधी नेताको रुपमा चिनिए । उनले भारतले नाकाबन्दिको समयमा खुलेर बिरोधमात्र गरेनन् भारतलाइ कडा चुनौती पनि दिए ।

भारतसंग सम्बन्धमा तिक्तता आयो । कुनै समय भारतको विश्वासपात्र मानिएका भनिएका उनले राष्ट्रिय स्वभिमानको बिषयमा चलाएको बहस देश बिदेशमा नै भाइरल भयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अहिले के ओली भारतपरस्त बनेका हुन् त ? या भारत ओली परस्त भएको हो ? यि दुबै बिषयले सामाजिक सञ्जालमा चर्चा पाएको छ । यो बिषयमा बहसहरु शुरु भएकाछन् ।

भावी प्रधानमन्त्रीको रुपमा हेरिएका ओलीलाइ भेटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो दुतको रुपमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाइ पठाउनुले भारत नेपालप्रति लचिलो भएको भन्न सकिन्छ ।

ओलीसंगको भेटलाइ महत्व दिएर स्वराज नेपाल आउन साथ बिभिन्न अडकल बाजिहरु चले । भारतीय प्रधानमन्त्री मोदी ओलीसंग सम्बन्ध सुधार गर्न यो कदम चालेको बताइन्छ ।