नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले भारतीय विदेशमन्त्री सुष्मा स्वारजको नेपाल भ्रमण बेमौसमी भएको प्रतिक्रिया दिएका छन् ।

शनिबार गोरखा उद्योग बाणिज्य संघको ४४ औं बार्षिक साधारण सभामा पूर्वप्रधानमन्त्री भट्टराईले सरकार बन्नु अघि नै स्वराज नेपाल भ्रमणमा आउनु कूटनीतिक हिसावले पनि उपयुक्त नभएको बताए । ‘आउनै हुन्न भन्ने त होइन । दुई देशबीच सम्बन्ध सुधार हुनु आवश्यक छ’ उनले भने, तर, सरकार बनिसकेपछि आएको भए कूटनीतिक सम्बन्ध राम्रो हुन्थ्यो ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बेमौसमी भ्रमणको अनावश्यक ढंगले राजनितिक अर्थ लाग्ने र अविश्वास बढ्न सक्ने उनको भनाइ छ ।

भट्टराइले गोरखामा विकासका पूर्वाधार निर्माण गर्न व्यवसायीहरुलाई आग्रह गरे । पूर्वाधार विकासका लागि सरकारले नितिगत सहयोग गर्ने र व्यवहारिक सहयोग व्यवसायीले गर्नुपर्ने उनले बताए ।

समृद्ध गोरखा बनाउन धन भन्दा विचार र आकांक्षा आवश्यक हुनुपर्ने बताए । उनले भने, ‘न्याय नपाए गोरखा जानु भनेजस्तै अव समृद्धि हेर्न गोरखा जानु भन्ने पानुपर्‍यो । त्यसका लागि सबैभन्दा पहिले समृद्धिको सपना देख्नुस् अनि पूर्वाधार विकासमा जुट्नुस्’ उनले भने । बिहीबार नेपाल भ्रमणमा आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजको विषयलाई लिएर विभिन्न टिका टिप्पणी उठ्ने गरेका छन् । स्वराजको नेपाल भ्रमणलाई बेवकुफको संज्ञा दिएका छन् । स्वराजको भ्रमणको विषयलाई लिएर नेकपा माओवादी केन्द्र पनि सन्तुष्ट छैन ।काठमान्डू टुडे बाट