सहबान अन्सारीनवलपरासीको सिमावर्ती क्षेत्र गुठी परसौनीमा आज साझ आगलागी हुदा एक घर जलेर पुर्ण रुपमा नष्ट भएको छ ।प्रतापपुर गाउँ पालीका वडा न.६गुठी परसौनी बस्ने भिम डोमको कच्ची घर जलेर पुर्ण नष्ट भएकोहो ।डोमको घरमा साझ खाना पकाउदा घरमा आगो लागेको थियो ।

आगलागीबाट ८ वटा हास , नगद ३० हजार, दुई थान साईकिल ,एक वटा मोबाइल ,खाद्यान्न,लत्ताकपडा,महत्वपूर्­ण कागजात लागायत सामानहरू जलेर नष्ट भएको छ ।सो आगोलाई प्रहरी र स्थानीयहरूको सहयोगमा नियन्त्रण गरिएको गुठी परसौनी प्रहरी चौकीका ईन्चार्ज घनश्याम रिमालले जनाएका छन ।