काठमाण्डौ, २१ माघ । एमाले नेता योगेश भट्राईले अब कुनै ठुला नेताको मनोगत चाहनाले पार्टी एकिकरण नरोकिने बताएका छन् । उनले नेताको चाहनाले मात्र पार्टी एकता हुन लागेको नभै समय वलवान भएकाले मात्र त्यो सम्भव भएको बताए ।

प्रेस चौतारी नेपालको २० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता भट्टराईले अब मुलुकमा दुई ध्रुव भएको बताए । “ अब राजनीतिमा टुक्रे पसल चल्दैन, उनले भने, राजनीतिक विचौलिया र दलालहरुलाई वाम एकताले किनारा लगाउँछ ।”

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
उनले दुई ध्रुव मध्ये वाम आन्दोलन एउटा शक्तिको रुपमा शताब्दी सम्म राजनीतिको केन्द्रमा आएको उनको भनाई छ । उनले अब राजनीतिक दलको काम अहिलेको अवस्थालाई कायम राख्नु भएको बताएका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने पक्का भएको भन्दै कुनै विदेशी शक्तिको चाहनाले त्यसो हुन लागेको नभै मुलुकको आवश्यकताले हुन लागेको बताए ।

“कसैलाई बिन्तीपत्र हालेर केपी ओली प्रधानमन्त्री बन्न लागेका होइनन्, उनले भने केपी ओली मेड इन नेपाल प्रधानमन्त्री हुन् ।” उनले वामगठबन्धनको सरकार बनेपछि अहिलेको भन्दा १० गुणा बढी प्रेस स्वतन्त्र हुने दावी गरे । “हामीलाई पनि वाच एण्ड डग चाहिन्छ, उनले भने, हामी मात्तिएको रांगो जस्तो हुन चाहन्नौं त्यसैले प्रेस स्वतन्त्रता अहिलेको भन्दा राम्रो हुन्छ ।”

उनले पार्टी भित्र गुट र उपगुट भएको स्वीकार गरेका छन् । तर पनि पार्टी सिस्टममा चलेकाले त्यस्ता ग’ट उपग’टले केही फरक नपार्ने उनको भनाई छ । पार्टीको नवौं र दशौं महाधिवेशन नै द’ई पार्टी विचको महाधिवेशन जस्तो देखिएको भन्दै उने भने “एउटै जंगलमा कतिवटा शेर अटाउँछन् भनेर कसैले हामीलाई भन्थे । तर अहिले पनि ४ ५ वटा शेर हाम्रो पार्टीमा छन् । सिस्टमले चल्ने हो भने एउटै जंगलमा धेरै शेर अटाउँछन् ।” लाइटनेपाल बाट साभार